• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

अनलाईन डिम्याटको सुविधा ल्याउँदै कामना सेवा

खबरमुकाम । कामना सेवा विकास बैंक लिमिटेडले अनलाईनमार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । 

बैंकमा बचत खाता भएका ग्राहकहरुले अब घरमै बसेर अनलाईन माध्यमबाट डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्नेछन् ।

अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको  छ । साथै बैंकमा खाता नभएका ग्राहकहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ "शुभलाभ लगानी बचत खाता" खोली यो सुविधा उपभोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकहरुले  प्रथम वर्ष निस् शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् ।  

देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिने व्यवस्था छ । 

काठमाडौं -३०, ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले  Social Media Banking, KS iMobile जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सरल, सहज र उत्कृष्ट बैकिङ सेवा प्रदान गर्दै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै