• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

दशैंको मुखमा पनि तलब माग्दै माइतीघरमा पत्रकारको प्रदर्शन

खबरमुकाम । काठमाडौंको माइतीघरमा विभिन्न सञ्चारसंस्थामा देखिएको समस्या समाधान र श्रमजिवी पत्रकारका पक्षमा नेपाल पत्रकार महासंघले प्रदर्शन गरेको छ । हिन्दुहरुको माहान चाड दशैंको मुखमा समेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको भन्दै पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो ।

‘बृहद् ऐक्यवद्घता’ नाम दिइएको प्रदर्शनमा विभिन्न सञ्चारमाध्यका सयौं पत्रकार सहभागी छन् । पारिश्रमिकसँगै अन्य श्रमसँग जोडिएका सबैखाले मुद्दा समाधान हुनपर्ने पत्रकार महासंघको माग छ ।

नेपालमा सञ्चालित ठूला भनिएका कतिपय संचारसंस्थाले समेत सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नियमित नदिएको पाइएपछि आन्दोलनमा उत्रनुपरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै