• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

फेसबुक डाउन हुँदा ७ खर्बको नोक्सानी

खबरमुकाम । फेसबुकका सह-संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई एप डाउन हुँदा व्यक्तिगत रुपमा भारी नोक्सानी भएको छ । 

संसारभरी नेपाली समया अनुसार सोमबार राती करिब १० बजेतिर फेसबुकका सबै सेवा डाउन भएको थियो । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन, At&t  र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प थियो । करिब ६ घण्टाको अवरोधपछि विहान करिब ४ बजे आसपास फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपका सेवा सुचारु हुन थालेका छन् ।

यही अवधिमा उनको कूल सम्पत्तिमा ६ बिलियन डलर (७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । उनी अर्बपतिको सूचीबाट २ स्थान तल झरेका छन् ।

शेयरमा ५ प्रतिशतको गिरावटः

यी सबकाबीच अमेरिकी शेयर बजारमा फेसबुकको शेयरको बिक्रि सुरु भयो । यसको मूल्य एकैदिन ५ प्रतिशतले घटेको छ । जुन मध्य सेप्टेम्बरदेखि अहिलेसम्म १५ प्रतिशतसम्म खस्किसकेको छ ।

धनाढ्यको सूचीमा छैटौंः 

ब्लूमबर्ग बिलिनेयर इन्डेक्सले एप डाउन भएको कारण जुकरबर्गको कूल सम्पत्ति घटेर ११६.८ बिलियन डलर भएको छ । त्यस्तै, उनी धनाढ्यको सूचीमा चौथोबाट छैटौं स्थानमा पुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै