• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

बैतडीमा ‘स्क्रब टाइफस’का सङ्क्रमण बढ्दै 


खबरमुकाम । बैतडीमा  ‘स्क्रब टाइफस’का बिरामी फेला पर्न थालेका छन्। 

दैनिक रूपमा जिल्ला अस्पतालमा आउने बिरामीमध्ये एक, दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिएका छन् ।

विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढेको अस्पतालका सूचना अधिकारी पन्तले बताए ।

गत साउनदेखि हालसम्म जिल्लामा ४५ जनामा सङ्क्रमण देखिसकेको छ।

जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रबटाइफस देखिएको छ । 

त्यसमध्येबाट पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताए।

बर्सातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै