• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

इटालीमा निजी विमान खस्दा सवार ८ जनाको मृत्यु

 

खबरमुकाम । निजी विमान खस्दा त्यसमा सवार सबै जनाको मृत्यु भएको छ। 

निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको हो। 

सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो।

विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेको इटालियन मिडियाले जानकारी दिएको छ ।

उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ। पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन्।

दुर्घटनापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो।

दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ। केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरु देखिएको बताएका छन्।

 दुर्घटनाकाट जमिनमा रहेका कोही पनि घाइते भएनन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै