• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

सामसुङको ग्यालेक्सी एओ थ्रीएस बजारमा, यस्ता छन् विशेषताहरु

खबरमुकाम । सामसुङको ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी एओ थ्रीएस हालै मात्र बजारमा सार्वजनिक भएको छ । 

६.५ इन्च इन्फिनिटि भी डिस्प्ले, ३ वटा क्यामरा, ५००० एमएच्को ब्याट्री, ओक्टा कोर प्रोसेसरको साथमा फोनको साइडमा भएको फिंगर प्रिन्ट सेन्सर लगायतका विशेषताहरुले यो फोन नेपाली बजारमा उपयुक्त फोन साबित हुने कम्पनीको दावी छ ।

२०ः९ को एस्पेक्ट रेसियोको साथ ६.५ इन्च एचडी प्लस इन्फिनिटी भी डिस्प्लेले आश्चर्यजनक दृश्यावलोकनको मनोरञ्जन प्रदान गर्ने कम्पनीको दावी छ । यसमा भएको ३ वटा क्यामराहरूको संयोजनले वास्तवमै अझै गुणस्तरीय फोटो तथा भिडियोहरू निकाल्न सकिने कम्पनीले जनाएको छ । 

यसमा भएको १३ मेगा पिक्सेलको मुख्य क्यामराले उत्कृष्ठ फोटो खिच्ने जनाइएको छ । साथै, यो फोनमा २ मेगा पिक्सेलको माइक्रो लेन्सले अझै क्लोज अप फोटोहरूको लागि उपयुक्त हुनेछ भने २ मेगा पिक्सेलको डेप्थ क्यामराले फोटोको सौन्दर्यलाई अझै निखार्ने भएकाले युवा माझ लोकप्रिय बन्ने कम्पनीको विश्वास छ ।

यस्तै, ग्यालेक्सी एओ थ्री एसमा भएको ओक्टा कोर प्रोसेसरले मल्टी टास्किङ्ग गर्दा कम ब्याट्री खपत गर्न सक्दछ । यसमा भएको ५००० एमएएचको ब्याट्रीले अतिरिक्त पावर प्रदान गरी कम समयमा चार्ज हुने र अधिक समय टिकाउने सामर्थ्य राख्दछ । ग्यालेक्सी एओ थ्रीएसको (३जीबी, ३२ जीबी)को मूल्य १५ हजार ४९९ र (४जीबी प्लस ६४जीबी) को मूल्य १६ हजार ९९९ पर्ने कम्पनीले जनाएको छ । 

यो फोन विभिन्न रंगहरु (कालो, नीलो र सोतो)मा उपलब्ध रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै