• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

फोर्डद्वारा विद्युतीय गाडी प्लान्टमा ११ अर्ब डलर लगानी गर्ने घोषणा 

एजेन्सी । अमेरिकी अटो निर्माता फोर्डले विद्युतीय गाडी उत्पादनमा ११ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । 

कम्पनीले संयुक्त राज्य अमेरिकाको केन्टुकी राज्यमा दुईवटा ब्याट्री पार्क र टेन्निसीमा हालसम्मकै ठूलो कारखाना बनाउन गइरहेको छ । 

लगानी योजनाअनुसार कम्पनीले अमेरिकी उपभोक्ताको लागि शून्य उत्सर्जन कारहरु र पिकअपहरु उत्पादन गर्नेछ । जहाँ ११ हजार सङ्ख्यालाई रोजगारी समेत सिर्जना हुनेछ । 

फोर्डले जीएम र स्टेलान्टिस जस्तै सन् २०३० मा आफूले बेच्ने आधाजसो कारहरु शून्य उत्सर्जनयुक्त हुने विश्वास गरेको छ । यद्यपि सरकारद्वारा पनि यस्तै प्रकारको थप लगानी हुनुपर्ने जनाइएको छ । 

यसैगरी, कम्पनीले धेरै विद्युतीय कारमा ब्रेकथ्रु दिने गरी अघि बढेको दावी गरेको छ । फोर्डका अनुसार टेन्निसीको कारखाना ब्लु ओभल सिटी ६ वर्गमाइल क्षेत्रमा हुनेछ । साथै, यहाँ अर्को पुस्ताका विद्युतीय पिकअप ट्रक र ब्याट्रीहरु सन् २०२५ बाट उत्पादन गरिनेछ । केन्टुकीको ब्याट्री पार्कले नयाँ लाइनका फोर्ड र लिंकन ईभीलाई शक्ति अर्थात ब्याट्री दिनेछ ।  

फोर्डका अध्यक्ष तथा प्रमुख कार्यकारी जिम फार्लेले भने, ‘अमेरिकाका लागि राम्रो भविष्य निर्माण गर्ने यो हाम्रो ठूलो क्षण हो, ठूलो लगानी हो ।’ कम्पनीले यसअघि नै ईभी उत्पादन गर्न टेक्सस र मिचिगन प्लान्टमा लगानी गरिसकेको छ । कम्पनीले भविष्यमा दक्षिण कोरियाली ब्याट्री उत्पादक एसके इन्नोभेसनसँग साझेदारी गरी नयाँ लगानी गर्ने अन्तराष्ट्रिय स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै