• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

एकीकृत समाजवादीको पाँचथर–काठमाडौं सम्पर्क समिती गठन

खबरमुकाम। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पाँचथर–काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न भेलाले ३५ सदस्यीय कमिटी गठन गरेको हो । मञ्चको संयोजक गंगा रिजाललाई तोकिएको छ । साथै, उपाध्यक्षमा टिएन थाम्सुहाङ र सचिवमा विक्रम भट्टराईलाई चयन गरिएको छ ।

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का इन्चार्ज घनेन्द्र बस्नेत, पार्टी पोलिटब्युरो सदस्य डा। देउमान सम्बाहाङ्फे, पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सांसद गणेशकुमार काम्बाङ, पाँचथर जिल्ला कमिटि सचिव तिवेन्द्र चापागाईं सहितको प्रतिनिधि मण्डलले सर्बसहमतिद्वारा कमिटी गठन गरेको संयोजक रिजालले जानकारी दिए ।

एमालेको असन्तुष्ट समूहद्घरा गत महिना एमाले पुनर्गठन समाजवादी पार्टी गठन गरिएको थियो । त्यससँगै, केन्द्रदेखि जिल्लासम्म नयाँ पार्टीले नयाँ कमिटी बनाउने क्रममा तीव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै