• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

चीनद्वारा क्रिप्टो करेन्सीमा प्रतिबन्ध, बिटक्वाइनको मूल्यमा गयो पहिरो

खबरमुकाम । चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले २४ तारिखमा सबै प्रकारको क्रिप्टो क्वाइनलाई प्रतिबन्ध लगाएपछि बिटक्वाइनको मूल्यमा पहिरो गएको छ । 

बिटक्वाइनको मूल्य एकै दिनमा ६ हजार डलरभन्दा बढीले घटेको छ । चीनले सन् २०१९ देखि नै क्रिप्टोकरेन्सी सम्बन्धी कारोबारलाई प्रतिबन्ध लगाउँदै आएको थियो ।
 


 

शुक्रबार केन्द्रीय बैंकले घोषणा गरेपश्चात अवैधरुपमा हुने सम्पूर्ण कारोबार रोकिएको छ ।

यसैगरी, सो घोषणासँगै चीनबाट अन्तर्राष्ट्रिय बजारमा भुक्तानी हुने क्रिप्टोकरेन्सीमा समेत रोक लागेको छ । चीन सबैखाले क्रिप्टोकरेन्सीका लागि सबैभन्दा ठूलो बजार भएको हुँदा हाल यसको मूल्यमा ठूलो प्रभाव परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै