• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

कोरोना अपडेटः शनिबार ९५३ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

खबरमुकाम । पछिल्लो २४ घण्टामा शनिबार ९५३ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ५७९ वटा नमुना परीक्षण हुँदा ती संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ सय ७१ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौं उपत्यकाका ३११ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १९८, लतिपुरमा ७३ र भक्तपुरमा ४० जनालाई संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा ८ लाख ८१ हजार १०५ जनालाई संक्रमण भएको छ जसमा ७ लाख ५९ हजार ८७५ जना निको भएका छन् भने ११ हजार ८७ जनाको मृत्यु भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ७२५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै