• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी

खबरमुकाम । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ ।

विधान महाधिवेशनका लागि प्रस्तुत ३ दस्तावेजमाथि समूहगत छलफल सकिएपछि नेकपा केन्द्रीय कमिटी बैठक शुरु भएको हो ।

राजनीतिक प्रतिवेदन, सांगठानिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न हिजोको बैठकले १० समूह बनाएर टोली नेता तोकेको थियो । छलफल सकिएपछि बैठकमा टोली नेताहरुले समूहगत निष्कर्ष सुनाइरहेका छन् । निष्कर्ष पेस गर्न प्रत्येक टोली नेतालाई १० मिनेट दिइएको छ।

प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलबहादुर राना टोली नेता छन्।

त्यस्तै कर्णालीबाट यामलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराई टोली नेता छन्।

बैठकमा टोली नेताहरुले समूहगत निष्कर्ष र सुझाव सुनाइसकेपछि केन्द्रीय कमिटीले आवश्यक परिमार्जनसहित प्रतिवेदनहरु पारित गर्नेछ।

समूहबाट आएका सुझावहरुमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै