• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

आन्दोलनबाट रोहन कार्की नेतृत्वमा जन्मियो नयाँ लगानीकर्ता संघ

खबरमुकाम । पुँजीबजार सुधार सङ्घर्ष समितीको नाममा केहि दिनदेखि आन्दोलनरत समूह एक लगानीकर्ता संघका रुपमा घोषणा भएको छ । 

उक्त नव गठित लगानीकर्ता संघको नाम ‘स्वतन्त्र पुँजी बजार सुधार संघ’ रहनेछ भने संघको ११ सदस्यिय तदर्थ समितीको अध्यक्षमा डिल्लेश्वर कार्की (रोहन) मनोनयन भएका छन् ।

कार्कीको नेतृत्वमा गठित संघको तदर्थ समितीको उपाध्यक्षमा विनायक सिवाकोटि (आदित्य), सचिव बिनोद बजगाँई, सह सचिव शिरिस आचार्य र सुनिल कुमार दाहाल, कोषाध्यक्षमा शुसिल कुमार लुनिया र सह कोषाध्यक्षमा बिमला न्यौपाने र सदस्यहरुमा ज्ञानेन्द्र झा, रत्नकाजि महर्जन र राजेन्द्र खड्का रहेका छन् ।  यो संघको संरक्षकको रुपमा दीपेन्द्र अग्रवाल रहेका छन् । समितीको वरिष्ठ सल्लाहकारमा उपेन्द्र पाठक र सल्लाहकारमा उमेशराज सिलवाल र अनिल खतिवडा रहेका छन् ।

अध्यक्ष कार्कीले भने, ‘११ सदस्यिय तदर्थ समिती गठन गरेका छौँ अबको २-४ दिनमा प्रदेश एबं विभिन्न जिल्लाहरुको समिती पनि घोषणा गर्नेछौँ । अब लगानीकर्ताको आवाजहरु बुलन्द ढंगले उठाउनको लागि र आम लगानीकर्ताहरुको हक हितको लागि लड्नुपर्ने आवश्यकता देखेर नै सबैको साझा संघका रुपमा यो संघ गठन गरेका छौ अब नेपालभरी छरिएका लगानीकर्ताहरु गोलबन्द हुने बेला भएको छ आम लगानीकर्ताहरुलाई जो जहाँ जहाँ हुनुहुन्छ आफ्नो क्षेत्रमा संघमा आवद्ध हुन आह्वान गर्दछु ।’ 

उनले थप बताए, एउटा आन्दोलनको मोर्चाबाट लगानीकर्ताहरुको संघ जन्मिएको छ अव यो संगठनलाई सबैको साझा संगठन बनाउने अभियानमा सबैको साथ हुनेमा हामि विश्वस्त छौ हामिले सुरु गरेको आन्दोलन केहि हदसम्म सफल भएको छ अव ति मागहरुलाई कार्यन्यन गराउने सन्दर्भमा सधै तयार नै छौ हाम्रो यो आन्दोलनमा सहयोग गर्नु सम्पुर्ण लगानीकर्ता तथा अन्य विभिन्न निकायहरुलाई धन्यवाद दिन चाँहान्छु आगामी दिनमा पनि तपाईहरुको यस्तै साथ र हौँसला पाउने कुरामा विश्वस्त छौ, तपाईहरु सबैको विश्वासलाई मर्न दिने छैनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै