• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकियो

खबरमुकाम । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । राजनीतिक, सांगठानिक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि समूहगत छलफल भएको छ ।

केन्द्रीय सदस्यहरुले समूहगत छलफलमा प्रतिवेदन मस्यौदामाथि सुझाव राखेका छन् । उक्त सुझावहरुलाई अब केन्द्रीय कमिटी बैठकमा समूह नेताले प्रस्तुत गर्ने एक नेताले बताएका छन् ।

 

समूह प्रदेशका आधारमा बनाइएको छ । प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सूदुरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनसंगठनबाट खिमलाल भट्टराई टोली नेता छन् ।

प्रतिवेदन मस्यौदामाथि टोली नेताहरुले राखेको सुझावको जवाफ दिएपछि बैठक सकिनेछ । १५–१७ असोजमा हुने एमाले विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले संगठनात्मक र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा तयार पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै