• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले दिए राजीनामा 

खबरमुकाम । कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष केही बेरअघि  उनले राजीनामा बुझाएका हुन् ।

शाहीले राजीनामा पेस गर्नुको कारणमा नेपालको पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यवहारिक समस्या उल्लेख गरेका छन् ।

सीमित सुविधा तथा साधन स्रोतका बाबजुद कम्तीमा प्रदेशका महत्वपूर्ण योजनाहरू बनेकोमा सबैले गर्व गर्नुपर्ने उनले लेखेका छन् । प्रदेशका नीति तथा योजना निर्माणका कार्यमा स्वयम्सेवी रूपमा योगदान गर्न सधैँ तत्पर रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै