• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

पूर्वी चितवनमा पुरुषको हत्या,छिमेकी पक्राउ

खबरमुकाम । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो ।

कान्छाको हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीले बताएको छ ।

शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो । 

स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो । 

झडपमा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका छन्। उनीहरूको उपचार भैरहेको छ दुई जना स्थानीय व्यक्ति घाइते भएका छन् ।

मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै