• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

संखुवासभा हत्याकाण्डः आरोपीका भाइ पनि पक्राउ


खबरमुकाम । संखुवासभामा भएको सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रदेश १ प्रहरी प्रमुख अरुण विसीका अनुसार यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको छ । 

‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका हौं’ उनले भने, ‘थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले गरिरहेको छ ।’

बिसीका अनुसार सामूहिक हत्यामा ज्यान गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ र नरेशले मोबाइल लुकाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

 घटनापछि उनले मोबाइल चोरेर लगेको हुनसक्ने प्रहरी स्रोत बताउँछ ।

संखुवासभाको मादीमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।

अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान लोकबहादुरले दिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै