Dark

रसायनिक मलको डिपो रित्तिँदै, रकम अभाव हुँदा समयमा आयात नहुने सम्भावना

खबरमुकाम । रसायनिक मलका गोदामहरु रित्तिँदै गरेको अवस्थामा हाल देशैभरि मलको अभाव हुने दिखिएको छ । 

कृषि मन्त्रालयले कृषि सामग्री कम्पनी लि. साल्ट ट्रेडिङ कर्पोरेशन लि.एवम् विभिन्न नयाँ पुराना ठेकेदार लगायतलाई आह्वान गरी उक्त समस्याको समाधानको लागि छलफल गरेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले हाल मध्यपहाड तथा तराईका केही गोदाममा मात्र मल बाँकी रहेको जानकारी दिएको छ । कम्पनीले यो महिनापछि गोदाम पुरै रित्तो हुने र किसानलाई त्यसपछि वितरण गर्न एक केजी पनि मल नहुने टिप्पणी गरेको छ । कम्पनीका एक अधिकारीले ३ महिना अघिदेखि नै उक्त अवस्था आउने बारे जानकारी गराउँदै आएको तर मन्त्रालयले कुनै सुनुवाइ नगरेको जनाएकोे छ ।
 

अहिले नेपालमा करिब ३ हजार मेट्रिक टन युरिया, करिब दुई हजार मेट्रिक टन डिएपी रहेका छन् । अहिले तत्काल मल आउने अवस्था पनि छैन ।

अक्टोबरका पहिलो दोस्रो हप्ता मात्र मल आउन सुरु हुन्छ तर त्यो आइसकेपछि मात्र ढुक्क हुनसकिने ती अधिकारीले बताए । सबैतिरको गोदाम खाली हुन थालेपछि स्थानीय बिक्री केन्द्रहरूले समेत मल लुकाउन थाल्दा थप हाहाकार भएको छ ।

कृषि सामग्री कम्पनी लि.का प्रमुख नेत्र भण्डारीले भन्छन्, ‘रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य वृद्धि भएको कारणले नेपालमा मलको आपूर्ति गर्न समस्या भएको हो । बोलपत्र आह्वान गर्दा ठेकेदार कम्पनीहरूले त्यसलाई कबुल नै गर्दैनन्, १५ वटा टेन्डर रद्द भइसकेको छ बल्ल एउटा कबुल भएको छ, त्यो आउन अहिले धेरै समय बाँकी छ ।’

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरूले रासायनिक मल ल्याउन ढिला भइसकेको भन्दै सरकारले यसमा गम्भीर चासो दिनुपर्ने बताए ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि मन्त्रालयका सचिव डा.कृष्ण आचार्यले आफूहरूलाई मल खरिदका लागि बजेटको अभाव रहेको धारणा कुरा राखेका थिए । सरकारले १२ अर्ब रुपियाँ मात्र दिएको र, त्यसमा अरू थप रकमको व्यवस्था नगरे किसानलाई मल पु¥याउन गाह्रो हुने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै