Dark

सेन्ट्रल फाइनान्सले पायो भुक्तानी सेवा प्रदायकको अनुमति

खबरमुकाम । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमति पाएको छ । 

अब फाइनान्सले आफ्नै मोबाईल बैंकिङ्ग एपमार्फत मोबाईल बैंकिङ्ग सेवा सञ्चालन गर्ने जनाइएको छ । ग्राहकले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोबाईल बैंकिङ्ग एप डाउनलोड गर्न सक्ने व्यवस्था छ ।

 

यसैगरी, संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । फाइनान्सले विभिन्न शाखा कार्यालयमा एटीएम मेसिन पनि सञ्चालन गरीरहेको जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै