Dark

उपत्यकामा थप ४०४ जना कोरोना संक्रमित थपिए

खबरमुकाम । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भएको छ ।

 

मंगलबार १ हजार ५८९ कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २६ हजार २०२ सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा १० हजार २६६ पीसीआर तथा ४ हजार १७७ एन्टिजेन परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै