Dark

पछिल्लो २४ घण्टामा देशभर १५६२ जना कोरोना संक्रमित थपिए, १९ को मृत्यु 

खबरमुकाम । पछिल्लो २४ घण्टामा देशभर १५६२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

मंगलबार कोभिडको कारण थप १९ जनाको मृत्यु भएको छ । १५८९ जना निको भएका छन् ।

मंगलबार संक्रमण दर १०.८१ प्रतिशत छ । तर, देशव्यापी औषत संक्रमण दर १९.३ प्रतिशत छ । सक्रिय संक्रमित संख्या आजसम्म २६ हजार २०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८ हजार १८४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

कूल मृत्यु संख्या १० हजार ९८४ पुगेको छ । कूल संक्रमित संख्या ७ लाख ७९ हजार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै