Dark

दशैं तिहारलाई लक्षित गर्दै एभरेष्ट बैंकले ल्यायो  ‘एभरेष्ट उत्सवमय अफर’

काठमाडौं । एभरेष्ट बैंकले नेपालीहरुको महान चार्ड दशैं तिहारलाई लक्षित गर्दै  ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवासुविधा दिनका लागि उक्त अफर सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त बैंकले चाडपर्वको अवसरमा घर कर्जा, स्वरोजगारी तथा उद्यमीको लागि साना तथा मझौला उद्योग कर्जा, विभिन्न सवारी साधन कर्जा र व्यक्तिगत कर्जा योजना सार्वजनिक गरेको हो ।

यसैगरी, बैंकले सार्वजनिक गरेको उक्त अफर अन्तर्गत बैंकका ग्राहकलाई घर कर्जा ७.४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत, गाडी कर्जा ६.८८ प्रतिशत, मोटरसाइकल कर्जा ७.९९ प्रतिशत तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै