Dark

सर्वोच्चको आदेश- सांसद पाण्डे र भट्टलाई नेकपा (एस) मा सनाखत गर्न दिनु (आदेशसहित)

खबरमुकाम । सर्वोच्च अदालतले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई पार्टी रोज्न दिन निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ । 

आफ्नो दलीय विवरण नेकपा एकीकृत समाजवादीमा अध्यावधिक गराइ पाउँ भनी प्रतिनिधि सभा सांसद पाण्डे र राष्ट्रिय सभा सांसद  भट्टले दायर गरेको रिटमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । 

गत आइतबार न्यायाधीश  खड्को इजलासले अन्तरिम आदेशको टुंगो नलागेसम्म पाण्डे र भट्टलाई कारबाही नगर्न पनि अल्पकालीन आदेश जारी गरेको थियो ।  

एमाले विभाजन भएर नेकपा (एस) बनेसँगै निर्वाचन आयोगले सनाखतको लागि गत भदौ ९ मा बोलाएको थियो । आयोगले तोकेको समय सीमा विताएर भदौ ६ मा नेकपा (एस) मा सनाखत गर्न पाउँ भनि भट्ट र पाण्डेले आयोगमा निवेदन दिएका थिए । सुरुमा निवेदनमा उनीहरुको नाम उल्लेख नभएको भन्दै आयोगले सनाखत गराउन अस्वीकार गरेको थियो । 

योसँगै संसदमा समाजवादी सांसदको संख्या ३२ जना पुगेको छ । संसदमा पनि समाजवादीले तत्कालीन एमालेको २० प्रतिशत प्रतिनिधित्व सुरक्षित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै