Dark

प्रचण्डले माधव नेपाल गुट र आफ्नो गुट लिएर हिँडेका हुन्– ओली

खबरमुकाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले माधव नेपाल गुटमात्र आफूसँग लिएर गएको भएर नै आफूले नेकपा एकतालाई निरन्तरता दिईरहेको बताएका छन् ।

झापाको बिर्तामोडमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कानूनी र भावनात्मकरूपमा एमाले विगतकै पार्टी भए पनि संगठन र राजनीतिको हिसाबले नेकपाकै रहिरहेको जानकारी दिएका छन् ।

ओलीले भने, ‘फागुन २३ को फैसलाले एमाले र माओवादी आ–आफ्नो पार्टी भएका होइनन् । एकीकृत पार्टी यथावत छ । प्रचण्डले माधव नेपाल गुट र आफ्नो गुट लिएर हिँडेका हुन् । आमरुपमा एमाले र माओवादी यही पार्टीमा छन् ।’

ओलीले विभिन्न तहका माओवादी नेताहरू अहिले पनि एमालेमै रहेको भन्दै प्रचण्ड गुटमात्र बाहिरिएको दावी गरे । उनले झापाका केही माओवादी नेताहरुलाई एमालेमा प्रवेश गराउँदै प्रचण्डको भ्रमबाट मुक्त भएर एमालेमा एकताबद्ध हुन आह्वान गरे ।’

ओलीले भने, ‘प्रचण्डले लिएर गएको माधव गुटमात्र हो,अरु सबै साथी हामीसँगै छन् । एमाले कानूनी र ऐतिहासिक कुरा हो । प्रचण्डले प्रचण्ड गुट लिएर गएका हुन् । माओवादी केन्द्र लिएर गएको भनेको कानूनी रुपमा मात्र हो,राजनीतिकरूपमा होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै