Dark

माधव नेपालले पार्टीलाई रसातलमा पुर्‍याएर छाडे–ओली 

खबरमुकाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टीलाई रसातलमा पुर्‍याएको आरोप लगाएका छन् । 

मंगलबार झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेता नेपालले एमाले कमजोर पार्ने उद्देश्यले पार्टी फुटाएको आरोप लगाएका हुन् । 

नेता नेपालले १६ वर्षसम्म एमालेको नेतृत्व गरेर खानु खाएपछि पार्टीलाई रसातलमा पुर्‍याएर आफू चाहिँ राजीनामा दिएर हिँडेको आरोप लगाएका छन् । 

‘यो पार्टीको १६ वर्षसम्म महासचिव भए, विपक्षी दलको नेता भएर खाए, हामीले प्रधानमन्त्री बनाइदियौं । खानु खाएपछि २ सय ४० सिटमा जम्मा ३३ सिटमा झारेर मैले पार्टी चलाउन सकिन महासचिवबाट आफैं राजीनामा गरेर हिँडे । त्यसपछि त चुप लाग्नु पर्दैन ? फेरि दुःख दिन थाले अध्यक्ष चाहियो भनेर,’ ओलीले भने । 

त्यसैगरी एमालेले नेता नेपाललाई काँध थापेर प्रधानमन्त्री बनाउँदा समेत राजीनामा दिएर भागेको ओलीको आरोप छ । त्यसैगरी पार्टी र सरकार चलाउँन नसक्दा हारेको मानसिकताले नेता नेपालले पार्टीमा रडाको मच्चाउने काम गरेको बताएका छन् । 

‘हामीले काँधमा हालेका थियौं, तर म चलाउन सक्दिन भनेर भागे । राजीनामा दिएको हो, कसैले फालेको होइन । सकिन भनेर फालेर हिडेको होइन ? फेरि प्रधानमन्त्री चाहियो ?’ ओलीले भने । 

त्यसैगरी नेता नेपालले आगामी चुनावमा वडा सदस्यसमेत नजित्ने ओलीको दाबी छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेको कुरालाई स्मरण गर्दै भने,‘ प्रचण्डले हिजो ठीक कुरा गरेछन्, हामी त वडा अध्यक्ष पनि जित्न नसक्ने भयौं भनेर । माधव नेपालले त सदस्य पनि जित्न सक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै