Dark

 ‘सीता’ को भूमिका निभाउन  करीनाले मागिन् १२ करोड पारिश्रमिक


खबरमुकाम । अभिनेत्री करीना कपूरले नयाँ फिल्मका लागि १२ करोड मागेकी छन् । 
 
उनले निर्देशक अलौकिक देसाईको आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२ करोड पारिश्रमिक मागेकी हुन् । 

महिलाप्रतिको सम्मानका लागि पारिश्रमिक धेरै मागेको उनले बताएकी छन् ।

उनले १२ करोड मागेपछि उनको निकै चर्चा भएको थियो । ‘रामायण’ को कथामा आधारित उक्त फिल्ममा उनले धेरै पारिश्रमिक मागेको भन्दै आलोचना हुन थालेपछि करीनाले यसको जवाफ दिएकी छन् ।


उनले भनिन्, ‘केही वर्ष अगाडिसम्म कुनै पनि फिल्मका लागि महिला वा पुरुष कलाकारका लागि समान पारिश्रमिक दिने विषयमा कुराकानी गर्दैनथेँ । पछिल्लो समय धेरै व्यक्तिहरुले यस विषयमा बेवास्ता गर्न थालेका छन् । यो पारिश्रमिक माग्नुभन्दा पनि महिलाहरुप्रति सम्मानको विषय हो ।’


रिपोर्टका अनुसार करीनाले यस पौराणिक कथाका लागि ‘सीता’ को भूमिका निभाउन ८ देखि १० महिनाको तालिम लिने छिन् । यो फिल्म करीनाका लागि करियरकै सबैभन्दा ठूलो फिल्म हुनेछ । 

‘सीता’ को भूमिका करीनाले निभाउने भएपछि धर्मका विषयलाई पनि जोडेर विरोध गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै