Dark

विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत, अर्को संसद बैठक असोज ४ मा बस्ने 

खबरमुकाम । प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ । 

सदनमा एमाले सांसदहरुको विरोधका बीच पनि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । त्यसपछि अर्थमन्त्रीले शर्माले उक्त विधेयक प्रस्तुत गरेका थिए । 

 

सभामुख सापकोटाले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । त्यसैगरी सभामुख सापकोटाले असोज ४ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै