Dark

‘यो मेरो दिल’ फिल्मको छायाँकन सुरु 

 

खबरमुकाम । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाको समूहमा फिल्म छायांकन गर्ने अनुमति सरकारले दिएपछि अहिले धमाधम फिल्म छायांकनका लागि फ्लोरमा निस्किन थालेका छन् ।

यस्तैमा फिल्म ‘यो मेरो दिल’ पनि छायाँकन सुरु भएको छ । 

फिल्मको आइतबार सुटिङ सुरु भएको हो । 

फिल्म नुवाकोट आसपासको स्थानमा छायाँकन भइरहेको निर्देशक शंकर अधिकारी घायलले जानकारी दिए।

फिल्मले प्रेमका आरोह र अवरोहको कथा बिषयबस्तु बनाएको उनले सुनाए ।

समाजभित्रका विभिन्न विकृति र कुरीतिलाई समेत देखाउने फिल्ममा विवन तामाङ, प्रवेश लिम्बू, प्रतिमा राई, रोशिल रोशिल, रेनु थापा, सूर्य तामाङ, दसबहादुर तामाङ, पदम सुनार लगायतको अभिनय रहेको छ ।

दिवस गुरुङको छायांकन, राजन महर्जनको नृत्य रहने फिल्मको प्रदर्शन आउँदो तिहारमा हुने निर्माण युनिटले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै