Dark

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ 

खबरमुकाम । सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं पेप्शीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
 

जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरी समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन जाँच गर्न खोज्दा विवाद गरी १ थान ब्रेथलाईजर फुटाउनुको साथै प्रहरीलाई अभद्र व्यवहार गरेपछी कार चालक सोमनाथलाई प्रहरीले पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै