Dark

प्रहरीको घेरा तोडेर भागेका किशोर पक्राउ

खबरमुकाम । पर्साबाट प्रहरीको घेरा तोडेर भागेका किशोरलाई पक्राउ गरिएको छ । अनुसन्धानका लागि थुनामा राखिएका १४ वर्षीय किशोर भदौ २२ मा उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जको शौचालयबाट भागेका थिए । 

चितवन महानगरपालिका–३ घर भएका किशोरलाई भदौ १६ मा प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो । उनलाई डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र नुर्फिन ७ एम्पुल सहित पक्राउ गरिएको र बिरामी भएपछि स्वास्थ्य जाँच गर्न लैजाँदा भागेको जिप्रका पर्साका डिएसपी ओम प्रकाश खनालले रातोपाटीलाई बताए । 

सोमबार भारततर्फ भाग्दै गरेको अवस्थामा उनलाई पक्रेर लागु औषध मुद्दामा अनुसन्धान जारी राखिएको डिएसपी खनालले बताए । किशोर टिबीका बिरामी थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै