Dark

डलरको मूल्यमा वृद्घि

खबरमुकाम । नेपालमा आज मंगलबार अमेरिकी डलरको मूल्य बढेको छ । 

सोमबार खरिददर ११७.३१ र बिक्रीदर ११७.९१ रुपैयाँ तोकिएको थियो । आज भने अमेरिकी डलरको खरिददर ११७.५८ र बिक्रीदर ११८.१८ रुपैयाँ तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यूरोपेली मुद्रा यूरोको विनियमदर भने आज पनि छ । नेपाल राष्ट्र बैंकले आजका लागि यूरोको खरिददर १३८.५० र बिक्रीदर १३९।२० रुपैयाँ तोकेको हो । त्यस्तै, बेलायती पाउण्डको खरिददर १६२.६१ र बिक्रीदर १६३.४४ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६.४६ र बिक्रीदर ८६.९० रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, एसियन मुलुकतर्फ सिंगापुर डलरको खरिददर ८७.५२ र बिक्रीदर ८७.९७ रुपैयाँ तथा १० जापानी येनको खरिददर १०.६८ बिक्रीदर १०.७३ रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा आज नेपालमा यी दुवै मुद्राको विनिमयदर बढेको हो । 

साउदी अरेबियन रियालको खरिददर ३१.३५ रुपैयाँ तथा बिक्रीदर ३१.५१ रुपैयाँ कायम भएको छ । यस्तै, कतारी रियालको खरिददर ३२.२९ र बिक्रीदर ३२.४६ रुपैयाँ, संयुक्त अरब इमिरेट्स दिरामको खरिददर ३२.०१ र बिक्रीदर ३२.१७ रुपैयाँ तथा मलेसियन रिंगेटको खरिददर २८.३३ र बिक्रीदर २८.४७ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, केन्द्रीय बैंकले १०० कोरियन वनको खरिददर १० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ, हङकङ डलरको खरिददर १५.११ रुपैयाँ तोकिँदा बिक्रीदर १५.१९ रुपैयाँ तोकिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै