Dark

एकीकृत समाजवादी तेह्रथुममा अध्यक्ष चोङबाङ

खबरमुकाम । सोमवार तेह्रथुममा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन भएको छ । 

तेह्रथुमको म्याङलुङमा सम्पन्न कार्यकर्ता भेलाले कृष्ण चोङबाङको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा बादल सुब्बा, सचिवमा गजेन्द्र कन्दङ्वा, सह–सचिवमा योगेन्द्र गड्तौला चयन भएका छन् । 

 भेलाले अनुभूति बम नेपालीलाई केन्द्रीय सदस्यमा र गंगाराम खनाललाई केन्द्रीय सल्लाहकार सदस्यका लागि सिफारिस गरेको छ ।

यस्तै विष्णुविक्रम सुब्बा, भूपतिलाल श्रेष्ठ, राजेन्द्र बराल र कमला दर्नाललाई प्रदेश सदस्यमा र नैनसिङ सुवेदी, टीका खड्कालगायतलाई प्रदेश सल्लाहकारका लागि सिफारिस गरेको नवगठित समिति अध्यक्ष चोङबाङले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै