Dark

चर्चित अभिनेता नागा चैतन्य र सामन्था अक्किनेनीको डिर्भोस

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र अभिनेता नागा चैतन्यको डिर्भोस हुन लागेको बताइएको छ । 

भारतिय मिडियाका अनुसार फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने नागाको चाहानामा सामन्था सहमती हुन नसकेपछि यो जोडी छुट्टिन लागेको बताइएको छ ।

 सन् २०१७ मा विवाह गरेका उनीहरु दक्षिण भारतीय फिल्मकै सुन्दर जोडीको रुपमा परिचित छन् ।

केही समयअघिदेखि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर बाहिर आएको थियो । 

यो जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन् ।

 विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन् । 

उनी कैयौंपटक सामाजिक सञ्जालमा नागासँगको तस्वीर राख्छिन् । यद्यपि नागा सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन् ।

तर केही समय अघि सामन्थाले सामाजिक सञ्जालबाट अक्किनेनी हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान लगाइएको थियो । नागासँग विवाह हुनुअघि सामन्था रंग दे बसन्ती अभिनेता सिद्धार्थसँग प्रेममा थिइन् ।

 नागा नागार्जुनका छोरा समेत हुन् । उनले अहिलेसम्म थुप्रै फिल्ममा अभिनेताको रुपमा काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै