Dark

सभामुख सापकोटा समक्ष एमालेका दुई सर्त– कि सूचना टाँस्नुस्, नत्र राजीनामा दिनुस्

खबरमुकाम । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन प्रमुख विपक्षी दल नेकपा एमालेले सर्त राखेको छ ।

अध्यक्ष केपी शर्मा अ‍ोलीसँग छलफलपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई टेलिफोनमार्फत आफूहरुले अवैध भनेको दल नेकपा एसको सहभागितामा हुने बैठकमा भाग नलिने जानकारी समेत दिएका छन् । 

एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँसे मात्र आफुहरु बैठकमा आउने जानकारी दिएका छन् । सभामुखले निर्वाचन आयोगबाट दलको मान्यता पाइसकेकोले सूचना टाँस गर्न नमिल्ने जवाफ दिएको स्रोतले जनाएको छ ।

जवाफमा एमालेले भनेको छ, ‘तपाईको गैरकानूनी कार्य र पदमुक्तको सुचना नटाँसेका कारण आयोगबाट नेकपा एसले मान्यता पाएको हो । त्यसैले कि तपाई सूचना टाँस्नुस् कि मार्ग प्रशस्त गर्नुस् ।’

मार्ग प्रशस्त गर्नु भन्नुको अर्थ राजिनामा रहेको एमाले स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
7 %
WOW
0 %
 Like
79 %
Laugh
7 %
Sad
0 %
Angry
7 %

छुटाउनुभयो कि?

सबै