Dark

रेमिट्यान्स वालेट ट्रान्सफर प्लेटफर्म सार्वजनिक

खबरमुकाम । नेपाल पेमेन्ट सोलुसन प्रालि र सिटी एक्सप्रेस मनी ट्रान्स्फरबीच सहकार्य भइ रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरिएकाे छ ।

यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन प्रालिका चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले आआफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो प्रयासबाट सेवाग्राहीले रेमिट्यान्सको क्षेत्रमा आफू अनुकूल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतीय रेमिट्यान्स कारोबार गर्नका लागि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

उक्त प्रणालीले सेवाग्राहीलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्सभन्दा धेरै सहज, छिटो र सुरक्षित पनि हुने कम्पनीले जनाएको छ ।

रेमिट्यान्स वालेट ट्रान्सफरको बढ्दो प्रयोगसँगै रेमिट्यान्स कम्पनी र बैंक तथा वित्तीय संस्थाहरु आफ्नो प्लेटफर्म तथा ग्राहकहरुलाई सशक्त बनाउन लागिपरेका छन् ।

नेपाल पेमेन्ट सोलुसनले बैंक तथा वित्तीय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवा प्रदायकको नेटवर्क तयार गरी भुक्तानी एवं ट्रान्स्फरको क्लियरिङ तथा सेटल्मेन्टको कार्य गरी आफ्नो सेवा विस्तार गरिरहेको छ । कम्पनीले आईएमई पे, प्रभु पे, खल्ती, नमस्ते पे जस्ता भुक्तानी सेवा प्रदायकहरुलाई पनि इन्टिग्रेट गरी थप सेवा दिने तयारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै