Dark

पेरुका क्रान्तिकारी नेता गोञ्जालोको निधन, प्रचण्डले भने- ‘क्रान्तिको एउटा मोडेल अन्त्य भयो’

खबरमुकाम । पेरुका क्रान्तिकारी समूह शाइनिङ्ग पाथका संस्थापक नेता अबिमाइल गुजम्यान (गोञ्जालो) को निधन भएको छ । दर्शनशास्त्रका प्राध्यापक समेत रहेका उनी सन् १९९२ देखि आतंकवाद र देशद्रोहको अभियोगमा आजीवन काराबास भोगिरहेका थिए । 

गोञ्जालोको निधनले शाइनिङ्ग पाथलाई गम्भीर धक्का लागेको बताइएको छ । उनको जन्म पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा भएको थियो ।

गोञ्जालो सन् १९६२ उनी स्थानीय विश्वविद्यालयमा दर्शनशास्त्रको प्राध्यापक बनेका थिए । कम्युनिष्ट नेता माओको प्रभावबाट उनले शाइनिङ्ग पाथको स्थापना गरेका थिए ।

गोञ्जालोको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे दुःख व्यक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोञ्जालोको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

आइतबार विहान सामाजिक सञ्जालमार्फत् प्रचण्डले गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको उल्लेख गरेका छन् । 

‘पेरु कम्युनिस्ट पार्टीका नेता कमरेड गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेलको तत्कालका लागि अन्त्य भएको छ । वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेका कमरेड गोञ्जालोप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु,’प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् । 

आतंकवाद र देशद्रोहको अभियोगमा आजीवन काराबास सजाय भोगिरहेका गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै