Dark

मास्क प्रयोग नगर्ने सेवाग्राहीलाई प्रदेश–२ सरकारले सेवा प्रवाह नगर्ने 

खबरमुकाम ।  मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई प्रदेश–२ सरकारले सेवा प्रवाह नगर्ने भएको छ ।

प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कोरोना संक्रमितहरुको संख्यामा कमी आएको बैठकले ठहर गरेको छ । संक्रमितको संख्यामा कमी आएपनि सर्वसाधारणले मास्कको प्रयोग गर्न नमानिरहेकाले यो अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ ।

सरकारले सर्वसाधारणलाई मास्क प्रयोग गर्ने सम्बन्धमा सञ्चारमाध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशनरप्रसारण गराउने निर्णय पनि गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै