Dark

आइफोन १३ सेप्टेम्बर १४ मा सार्वजनिक हुँदै, यस्ता छन् फिचर..

एजेन्सी । एप्पलको नयाँ संस्करणको आइफोन सेप्टेम्बर १४ मा सार्वजनिक हुने भएको छ ।

California Streaming नामक विशेष समारोहमार्फत् एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गर्ने जानकारी दिएको हो । एप्पलले यसको लागि सञ्चारमाध्यमलाई पनि निमन्त्रणा पठाइरहेको छ । यद्यपि, कार्यक्रममा कुनकुन प्रोडक्टहरु सार्वजनिक हुने भन्ने बारे केही खुलाइएको छैन ।

एप्पलले हरेक वर्ष सेप्टेम्बरमा हुने विशेष समारोहमा आफ्ना नयाँ आइफोन सार्वजनिक गर्दै आएको छ । तसर्थ, यसपटक पनि आइफोन १३ सिरिज सेप्टेम्बरमा सार्वजनिक गरिने भएको हो ।

गत अप्रिल महिनामा एप्पलले Spring Loaded नामक समारोहमा आफ्नो नयाँ आइप्याडको रुपमा आइप्याड प्रो सार्वजनिक गरेको थियो । आइप्याड प्रो २०२१ मा एप्पलकै एम वान चिपसेट प्रयोग भएको थियो ।

यसैगरी, सेप्टेम्बर १४ मा हुने उक्त समारोहमा एप्पलले आइफोन १३ तथा एप्पल वाच सिरिज सेभेन तथा एयरपड्स थ्री लञ्च गर्ने अपेक्षा गरिएको छ ।

यस्ता छन् फिचर..
सार्वजनिक रिपोर्ट अनुसार आइफोन १३ मा स्याटेलाइट कनेक्टिभिटी हुनेछ । जुन निश्चित ठाउँहरुमा मात्र उपलब्ध हुनेछ । उक्त फिचरका कारण मोबाइल नेटवर्क नभएका ठाउँमा समेत आइफोनले काम गर्नेछ ।

आइफोन १३ मा आइओएस १५ अपरेटिंग सिस्टम हुने जनाइएको छ । साथै, यसको ब्याट्री क्षमता पनि उत्कृष्ट रहनेछ ।

आइफोन १३ सिरिजमा आइफोन १३, आइफोन १३ प्रो, आइफोन १३ प्रो म्याक्स तथा आइफोन १३ मिनी गरी चारथरी मोडेल हुनेछ । समाचार अनुसार १४ सेप्टेम्बरमा सार्वजनिक गरिएपछि १७ सेप्टेम्बरमा आइफोनको प्रि–बुकिङ सुरु हुनेछ र २४ सेप्टेम्बरबाट आइफोन १३ सिरिजको बिक्री सुरु हुनेछ ।

यसैगरी, आइफोन १३ मा उत्कृष्ट फिचरहरू सहितको क्यामरा हुनेछन् ।म्याक युर्मर्सको एक रिपोर्ट अनुसार आइफोन १३ प्रो मा अत्याधुनिक अल्ट्रा वाइड लेन्स हुनेछ । जसमा अटोफोकसन सपोर्ट रहनेछ । आइफोन १२ मा फिक्स्ड फोकल लेन्थ क्यामरा थियो ।

आइफोन १३ सिरिजमा एप्पलको A15 चिपसेट रहनेछ जुन A14 बायोनिक चिपसेटको अपग्रेडेड भर्सन हो । साथमा उच्च रिफ्रेस रेट प्राप्त गरिनेछ ।

नयाँ मोडेलको आइफोनमा नयाँ फेस आइडी हार्डवेयर रहनेछ । जसको मद्दतले प्रयोगकर्ताले फेस मास्क लगाएरै वा चश्मामा वाफ हुँदा समेत फोन अनलक गर्न पाउनेछन् ।

आइफोन १३ सिरिजमा फ्रन्ट क्यामराको ठाउँमा केही परिवर्तन हुन सक्दछ । FrontPageTech.com को रिपोर्ट अनुसार एप्पलले आफ्ना कर्मचारीहरुलाई नयाँ फेस आइडीको परीक्षणका लागि एक नयाँ विशेष खोल प्रदान गरेको छ । फेस आइडीका अलावा एप्पलले इन डिस्प्ले टचआइडी फिंगरप्रिन्ट प्रविधिमा पनि काम गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै