Dark

मर्यादापालकको काँधमा चढेकी एमाले सांसद भन्छिन्- सभामुखलाई माइकले हिर्काउन खोजेकी हुँ

खबरमुकाम । नेकपा एमालेकी सांसद रेखा झाले संविधान विपरित संसद चलाउने सभामुख अग्निप्रसाद सापकोटालाई आफूले माइकले हिर्काउने कोशिस गरेको बताएकी छन् ।  

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पढिरहँदा एमालेका सांसद भने उग्र हुँदै नाराबाजी गरिरहेका थिए। त्यसैबीचमा एक जना सांसदले टेबलमा रहेको माइक तानेकी थिइन्। 

उनलाई मर्यादापालकहरुले रोकेका थिए। झा रौतहटकी एमाले समानुपातिक सांसद हुन् । बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले सभामुखलाई हिर्काउन माइक तानेको बताएकी हुन् । 

‘उहाँले संविधानविपरीत संसद चलाएका उहाँलाई हिर्काउनकै लागि मैले माइक तानेकी हुँ,’ सांसद झाले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै