Dark

सभामुख सापकोटामा जनयुद्घकालीन गुरिल्लाको अनुहार प्रकट भएको छ–एमाले 

खबरमुकाम। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटा निरंकुश र एकपक्षीय ढंगले चलेको भन्दै कुनै पनि बेलामा संसदमा अप्रिय घटना घट्नसक्ने चतावनी दिएका छन् । 

शुक्रबार एमालेको अवरोधका बीच सदनको कारवाही अघि बढाएर १५ मिनेट स्थगित गरेका सभामुखले सापकोटाले प्रमुख विपक्षसँग छलफल नै नगरेको एमालेको आरोप छ । 

‘सभामुखमा जनयुद्धकालीन गुरिल्लाको अनुहार प्रकट भएको छ । प्रतिपक्षसँग परामर्श नगरी एकलौटी ढंगले माओवादी कार्यकर्ताको भूमिकामा प्रस्तुत हुने हो भने कुनै पनि बेला अप्रिय घटना हुन सक्छ,’सञ्चारकर्मीसँग प्रमुख सचेतक भट्टराईले भने । 

त्यसैगरी सभामुखको निरंकुश र एकपक्षीय निर्णयविरुद्घ एमालेको विरोध कायम नै रहेको प्रमुख सचेतक भट्टराईले बताए । कानुन विपरित सभामुखले एमाले विभाजनका लागि मतियारको भूमिका निर्वाह गरेको सचेतक भट्टराईको आरोप रहेको छ । यसले संसदको बाँकी अवधि सहज नहुने पनि सचेतक भट्टराईको भनाइ रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
50 %
Laugh
50 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै