Dark

फातिमालाई प्रचण्डको जवाफ–एमसीसी राष्ट्रिय बहसको विषय भएकाले सहमति बनाएरमात्रै पारित हुन्छ 

खबरमुकाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार विहान एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धभित्र पनि सहमति हुनुपर्ने बताएका हुन् । 

प्रचण्डलाई भेट्न फातिमा आज विहान उनको निवास खुमलटारमा पुगेकी थिइन् । भेटमा नेपालमा एमसीसी कार्यान्वयनको विषयमा छलफल भएको बताइएको छ । 

एमसीसबारे नेपालले अब निर्णय लिनुपर्ने र यसबारेमा दृष्टिकोण बनाउन सुमारले प्रचण्डलाई आग्रह गरेकी छन् । 

जवाफमा प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नुपर्ने माओवादी केन्द्रको धारणा रहेको बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै