Dark

सभामुख र केही व्यक्तिको भूमिकाका कारण एमसीसी अनुमोदन हुन सकेन- केपी ओली 

खबरमुकाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सभामुख र केही व्यक्तिको भूमिकाका कारण एमसीसी अनुमोदन रोकेको बताएका छन् । 

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार लगायतको टोलीसँगको भेटवार्तामा ओलीले आफूहरू सरकारमा रहँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई अघि बढाएको बताएका हुन् । 

 ‘पार्टीभित्रै रिजर्भेशन भएपनि हामीले अघि बढाउने कोशिश गरेका हौँ । सदनमा हामीले नै टेबल गरेका हौँ । सभामुख लगायत केही व्यक्तिहरूको भूमिकाका कारण त्यो अनुमोदन हुन सकेन,’ ओलीले भने । 

विपक्षीमा रहेको अवस्थामा पनि सरकारमा हुँदा झैँ काम गर्न नमिल्ने भएकाले अहिले आफूहरुको भूमिका बदलिएको ओलीले एमसीसी टोलीलाई बताएका छन् ।  

त्यसैगरी सत्तारुढ दलहरुले अहिलेसम्म एमसीसीबारे कुनै चासो नगरेको पनि बताएका छन् । त्यसैगरी ओलीले सुमारको टोलीलाई भ्रमण सफलताको शुभकामना पनि दिएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै