Dark

बलिउड नायक अक्षय कुमारलाई पर्‍यो मातृसोक...

खबरमुकाम । बलिउड नायक अक्षय कुमारकी ७७ वर्षीय आमा अरुणा भाटियाको आज निधन भएको छ । 

उनले सामाजिक सञ्जालमार्फत उक्त खबरको जानकारी दिँदै आफूलाई सहनै नसक्ने पीडा महशुश भइरहेको लेखेका छन् । उनले सार्वजनिक गरेको पोस्ट अनुसार अरुणाले बुधबार विहान देह त्याग गरेकी हुन् । 

अरुणालाई ६ दिनसम्म आइसीयूमा भर्ना गरिएको थियो । अक्षय पनि आमाको स्वास्थ्य अवस्था विग्रिएपछि बेलायतबाट चलचित्र ‘सिन्ड्रेला’को छायांकन छाडेर भारत आएका थिए । बलिउडका कलाकारहरुले अक्षयकी आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यस्तै, अक्षयको जन्मदिन सेप्टेम्बर ९ तारिखमा हो । अक्षयको जन्मदिन भन्दा ठिक एक दिनअघि उनकी आमाको निधन भएको छ । 

भारतीय मिडिया अनुसार अक्षयले निर्मातालाई आमाको निधनपछि पनि चलचित्रको छायांकन नरोक्न आग्रह गरेका छन् । आफू आवश्यक नपर्ने दृश्यको छायांकन जारी राख्न उनले आग्रह गरेका थिए । अक्षयको साथमा ९ वटा प्रोजेक्ट रहेको जानकारी छ । जसमा ८ वटा चलचित्र र एउटा वेव सिरिज छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै