Dark

१४ भाइ सांसद आए सदन चल्न नदिनेः एमाले अध्यक्ष ओलीको भनाइ जस्ताको तस्तै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आज बस्ने प्रतिनिधिसभाको बैठकमा उपस्थित भए सदन चल्न नदिने बताएका छन् ।

एमाले अध्यक्ष ओलीको भनाइ जस्ताको तस्तै

‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला । गैरसांसदको उपस्थितिमा संसद चल्दैन । यदि आज हामीले कारवाही गरेको सांसद उपस्थित हुन्छन् भने हामी कसरी संसदमा बस्न सक्छौं ?
साउन २५ गते पार्टीबाट निष्कासन गरेका मान्छे भदौ २३ गतेको बैठकमा उपस्थित हुन मिल्दैन । यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानूनी ढंगले सदन प्रारम्भ हुनै सक्दैन, संसदका नियमावलीले पनि त्यो दिँदैन ।
गैरसांसदलाई बैठकमा बस्न दिए एमालेमा गएवापत कारवाहीमा परेका माओवादीका सांसदलाई पनि फर्काउनु पर्छ । त्यसो हो भने पहिले निकालिएका सांसदहरूलाई हाजिर गर्नुपर्‍यो, रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह लगायतलाई पनि हाजिर गर्नुपर्‍यो ।
सभामुख अग्निप्रसाद सापकोटा एमाले सिध्याउन लागेको भन्दै यथास्थितिमा उनलाई सभामुख मान्न  सकिँदैन । जो एमाले सिध्याउन खोज्छ, त्यसलाई हामीले सभामुख कसरी मान्ने ? हामीलाई सिध्याउन खाजेको छ भने उनको निष्पक्षतामा कसरी आश्वस्त हुन सक्छौं ? सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै