Dark

सुदूरपश्चिम स्थानीय तहमा पार्टी विभाजनको असर परेनः एमालेको वर्चस्व (नामावलीसहित)

काठमाडौं । सुदूरपश्चिममा स्थानीय तहमा पार्टी विभाजनको असर परेन स्थानीय सरकारमा एमालेको वर्चस्व रहेको छ । प्रदेशका ८८ स्थानीय तहमध्ये १४ नगरपालिकामा एमाले विजयी भएको थियो ।

विभाजनपछि १२ नगरपालिकाका मेयर एमालेमै रहेका छन् । २ नगरपालिकाका मेयरले भने नेकपा एकीकृत समाजवादी राजेका छन् ।

एमालेले १७ नगरपालिकामा उपप्रमुख जितेको थियो । तीमध्ये १३ नगरपालिकामा उपप्रमुखले एमाले रोजेका छन् भने ४ नगरपालिकाका उप प्रमुखले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

त्यस्तै एमालेले २८ गाउँपालिकामा अध्यक्ष जितेको थियो । तीमध्ये मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएको छ । त्यसबाहेक २४ गाउँपालिकाका अध्यक्ष एमालेमा छन् । ३ गाउँपालिकाका अध्यक्षले मात्रै नेकपा एस रोजेका छन् ।

एमालेबाट २६ गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका थिए । २३ गाउँपालिकाका उपाध्यक्ष एमाले छन् भने, ३ गाउँपालिकाका उपाध्यक्ष नेकपा एसमा सनाखत गरेका छन् ।

बझाङ

नेकपा एमाले

जयपृथ्वी नगरपालिका प्रमुखः वीरेन्द्र खड्का
जयपृथ्वी नगरपालिका उपप्रमुखः जुना जाग्री
बित्थडचिर गाउँपालिका अध्यक्षः प्रेम बोहरा
बित्थडचिर गाउँपालिका उपाध्यक्षः जनकी बोहरा
थलरा गाउँपालिका अध्यक्षः भुवनेश्वर उपाध्याय
थलरा गाउँपालिका उपाध्यक्षः गंगुदेवी खडायत
मष्टा गाउँपालिका अध्यक्षः कर्णबहादुर कठायत
मष्टा गाउँपालिका उपाध्यक्षः भगवती बोहरा
तलकोट गाउँपालिका अध्यक्षः लालबहादुर विष्ट
तलकोट गाउँपालिका उपाध्यक्षः धनलक्ष्मीदेवी खत्री
दुर्गाथली गाउँपालिका अध्यक्षः प्रयागराज जोशी नेपाल
दुर्गाथली गाउँपालिका उपाध्यक्षः पार्वती जप्रेल
छबिस पाथीभरा गाउँपालिका अध्यक्षः अक्कल धामी
छबिस पाथीभरा गाउँपालिका उपाध्यक्षः राधिका जोशी रताला
खप्तड छान्ना गाउँपालिका उपाध्यक्षः पाउसरा थापा

नेकपा एकीकृत समाजवादी

केदारस्यु गाउँपालिका अध्यक्षः इन्द्र भण्डारी
केदारस्यु गाउँपालिका उपाध्यक्षः निशा धामी

बाजुरा

नेकपा एमाले

जगन्नाथ गाउँपालिका अध्यक्षः कालीबहादुर शाही
जगन्नाथ गाउँपालिका उपाध्यक्षः एैना गिरी
गौमुल गाउँपालिका अध्यक्षः हरि रोकाया
गौमुल गाउँपालिका उपाध्यक्षः सिता थापा
बुढीनन्दा नगरपालिका उपप्रमुखः सृष्टि रेग्मी

नेकपा एकीकृत समाजवादी

स्वामिकार्तिक गाउँपालिका अध्यक्षः चिरञ्जीवी शाही
स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षः निमा बुढा

डोटी

नेकपा एमाले

पूविचौकी गाउँपालिका उपाध्यक्षः निर्मला साउद
दिपायल सिलगढी नगरपालिका प्रमुखः मञ्जु मलासी
सायल गाउँपालिका अध्यक्षः तेजबहादुर डुम्रेल
सायल गाउँपालिका उपाध्यक्षः विष्णा सिंह
आदर्श गाउँपालिका अध्यक्षः टेकबहादुर रोकाया
आदर्श गाउँपालिका उपाध्यक्षः कमलादेवी ओझा
जोरायल गाउँपालिका अध्यक्षः दुर्गादत्त ओझा
जोरायल गाउँपालिका उपाध्यक्षः जमुना बोहरा
सायल गाउँपालिका अध्यक्षः तेजबहादुर डुम्रेल

नेकपा एकीकृत समाजवादी

दिपायल सिलगढी नगरपालिका उपप्रमुखः शिवराज खड्का
डोटीको पूविचौकी गाउँपालिका अध्यक्षः दिर्ग बोगटी

अछाम

नेकपा एमाले

मङ्गलसेन नगरपालिका प्रमुखः पदमबहादुर बोहरा
मङ्गलसेन नगरपालिका उपप्रमुखः सरिता उपाध्याय
चौरपार्टी गाउँपालिका अध्यक्षः हर्कबहादुर साउद

नेकपा एकीकृत समाजवादी

साँफेबगर नगरपालिका प्रमुखः कुलबहादुर कुँवर
साँफेबगर नगरपालिका उपप्रमुखः निर्मला बुड्थापा

कैलाली

नेकपा एमाले

गोदावरी नगरपालिका प्रमुखः हरिसिंह साउद
गौरीगङ्गा नगरपालिकाका प्रमुखः भीम देउवा
गौरीगङ्गा नगरपालिकाका उपप्रमुखः अञ्चला चौधरी
घोडाघोडी नगरपालिकाका प्रमुखः ममताप्रसाद चौधरी
लम्की चुहा नगरपालिका प्रमुखः महादेव बज्रगाईँ
लम्की चुहा नगरपालिका उपप्रमुखः टीका थापा
भजनी नगरपालिका उपप्रमुखः छायाँ देवकोटा
टिकापुर नगरपालिका प्रमुखः तपेन्द्र रावल
चुरे गाउँपालिका अध्यक्षः धनबहादुर रोका मगर
चुरे गाउँपालिका उपाध्यक्षः दीपादेवी साउद
मोहन्याल गाउँपालिका अध्यक्ष (निधन)

नेकपा एकीकृत समाजवादी

गोदावरी नगरपालिका उपप्रमुखः रत्ना कडायत
घोडाघोडी नगरपालिकाका उपप्रमुखः प्रेमकुमारी थापा
मोहन्याल गाउँपालिका उपाध्यक्षः पूजादेवी बुढामगर

दार्चुला

नेकपा एमाले

अपि हिमाल गाउँपालिका अध्यक्षः धर्मानन्द मन्याल
अपि हिमाल गाउँपालिका उपाध्यक्षः उर्मिला बोहरा
नौगाड गाउँपालिका अध्यक्षः प्रेससिंह धामी
नौगाड गाउँपालिका अध्यक्षः गौरीदेवी ठगुन्ना
लेकम गाउँपालिका अध्यक्षः परमानन्द जोशी
लेकम गाउँपालिका उपाध्यक्षः माधवी जोशी
मालिका अर्जुन गाउँपालिका उपाध्यक्षः पुष्पा अवस्थी

बैतडी

नेकपा एमाले

दोगडाकोदार गाउँपालिका अध्यक्षः चक्र कार्की
दोगडाकोदार गाउँपालिका उपाध्यक्षः पार्वती कार्की
डिलासैनी गाउँपालिका अध्यक्षः उपेन्द्र बोहरा
डिलासैनी गाउँपालिका उपाध्यक्षः पार्वती भण्डारी राना
पञ्चेश्वर गाउँपालिका अध्यक्षः गोरखबहादुर चन्द
पञ्चेश्वर गाउँपालिका उपाध्यक्षः बिना भट्ट
शिवनाथ गाउँपालिका उपाध्यक्षः कुस्मा चन्द
सुर्नया गाउँपालिका उपाध्यक्षः लीला विष्ट

डडेल्धुरा

नेकपा एमाले

अमरगढी नगरपालिका प्रमुखः विश्वेश्वर प्रसाद ओझा
अमरगढी नगरपालिका उपप्रमुखः सङ्गीता भण्डारी
नवदुर्गा गाउँपालिका अध्यक्षः कवीन्द्र विष्ट

कञ्चनपुर

नेकपा एमाले

भिमदत्त नगरपालिका प्रमुखः सुरेन्द्र विष्ट
वेदकोट नगरपालिका प्रमुखः अशोक चन्द
वेदकोट नगरपालिका उपप्रमुखः सुशीला सिंह
पुर्नवास नगरपालिका उपप्रमुखः शारदा विष्ट शर्मा
शुक्लाफाँटा नगरपालिका उपप्रमुखः तुलसी हमाल
कृष्णपुर नगरपालिका प्रमुखः कर्ण हमाल
कृष्णपुर नगरपालिका उपप्रमुखः रमिता राना
बेल्डाडी गाउँपालिका अध्यक्षः धनबहादुर थापा
बेल्डाडी गाउँपालिका उपाध्यक्षः कमलादेवी कार्की
बेलौरी नगरपालिका उपप्रमुखः चित्रा चौधरी
दोधरा चाँदनी नगरपालिका उपमेयरः चिनी गिरी

नेकपा एकीकृत समाजवादी

पुर्नवास नगरपालिका प्रमुखः जीवन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै