Dark

माधव नेपालले दाजुभाइसँग रिस उठ्यो भनेर आमामाथि बन्चरो हान्ने काम गरेः विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कुनै सिद्धान्त र विचारले नभई लोभ र अवसरवादले बनाएको समूह भएको बताएका छन् । 

‘कसैको टेकोमा उभिन खोजे पनि यसको भविष्य छैन । म चुनौतीका साथ भन्छु स्थानीय तहको वडामा जमानत जोगाएर देखाउनुस्,’ उनले भने ।

उनले दाजु भाइ सित रिस उठेर आमामाथि बन्चरो हाने जस्तो काम माधव नेपालले गरेको आरोप लगाएका छन् । ‘पार्टी आमा हो, आमा माथि बन्चरो हान्ने काम भयो’, पौडेलले थपे, ‘दाजुभाइसँग रिस उठेर आमालाई बन्चरो हान्नेलाई जनताले स्वीकार गर्दैनन् ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै