Dark

गण्डकीमा पार्टी विभाजनको असर शून्यः सबै सांसद एमालेमै रहने

खबरमुकाम । नेकपा एमाले विभाजनको असर गण्डकी प्रदेशसभामा भने अहिलेसम्म देखिएको छैन  । 

गण्डकी प्रदेश सभामा एमालेका २७ सांसदमध्ये सबै  एमालेमै रहने देखिएको छ । गण्डकी प्रदेशसभामा रहेका एमालेका अन्य सांसदहरु यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् । 


 

त्यसैले गण्डकी प्रदेशसभाबाट एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने सांसदको अवस्था शून्य नै रहने देखिन्छ ।

एमालेमा अन्तरद्वन्द्व चलिरहँदा माधवकुमार नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटा पार्टी विभाजन भइसकेपछि एमालेमै रहे ।

 उनी नवगठित दल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुन्छन् कि भन्ने आशंका बढिरहेको अवस्थामा उनले आफू एमालेमै रहने प्रस्ट पारेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै