Dark

बीपी प्रतिष्ठानमा इमर्जेन्सी र कोभिडबाहेक सबै सेवा ठप्प 

खबरमुकाम । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईतवारदेखि सेवा बन्द भएको छ । 

धरानमा आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त संघर्ष समितिले आज देखि सेवा बन्द गरेको हो। 

स्वास्थ्यकर्मीहरुले आइतवारदेखि इमर्जेन्सी र कोभिड अस्पतालको बाहेक अन्य सबै सेवा बहिष्कार गर्ने भएका छन्। 


 

 

यो आन्दोलनले प्रतिष्ठानको ओपिडी सेवा ठप्प हुनेछ। प्रतिष्ठानमा असार १ गतेदेखि संयुक्त संघर्ष समितिले शुद्धीकरण आन्दोलन जारी राखेको छ। 

अनियमितता र बेथिति बढेको भन्दै उनीहरुले बीपीका सबै पदाधिकारीहरूको राजीनामा र छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्दै आएका छन्।

समितिका संयोजक डा. एसपी रिमालले सरकारले प्रतिवेदन र सहमति कार्यान्वयनमा उदासीनता देखाएकाले आन्दोलन गर्न बाध्य भएको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै