Dark

अर्घाखाँचीका यी ४ एमाले जनप्रतिनिधिले गरे नेकपा (एस) को पक्षमा सनाखत...

खबरमुकाम । अर्घाखाँचीमा एमालेबाट निर्वाचित पाणिनी गाउँपालिका उपाध्यक्षसहित ४ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । 

गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित ४ जनाले शुक्रबार नेकपा (एस) को पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले बताएको छ । 

उपाध्यक्ष गौतम एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ अर्घाखाँचीकी उपाध्यक्ष समेत रहेकी थिइन् । 

 

नेकपा (एस) मा सनाखत गर्नेमा पाणिनी गाउँपालिका वडा नं. ३ का निर्वाचित वडा सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका वडा न. १ कि निर्वाचित महिला सदस्य सुमित्रा मुखिया र मालारानी गाउँपालिका वडा नं. ५ का सदस्य डोल बहादुर चौहान हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै