Dark

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा मन्त्रिपरिषद विस्तार, को–को बने त मन्त्री ? (नामावलीसहित)

खबरमुकाम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेका छन् । 

मुख्यमन्त्री केसीको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार उनीहरुलाई मन्त्रिमा नियुक्त गरेका हुन् । 

जसअनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् भने प्रदेश सरकारका प्रवक्ता समेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको थप जिम्मेवारी दिइएको छ । 

त्यसैगरी शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै