Dark

दाङमा बाढीले गाडी बगाउँदा चार जनाको मृत्यु

 

खबरमुकाम ।  दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बाढीले प्रदेश ०३– ०१ –०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो  ।

घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरमा दुई दिदी बहिनीसहित चार जनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताएका छन् ।

घटनामा परि घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवर, घोराही–१३ की ४० वर्षीया रीता माया पुन र घोराही–१४ का ४२ वर्षीया बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडैयाँ किनमेल गरेर फँर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै